भोजपुरी कलाकारले मनाए भाइटीका- विनोद मण्डल कार्तिक २० । भोजपुरी चर्चित कलाकार रामजी प्रजापतिले आफ्नै घरमा यसपटकको भाइटिका मनाउनु भएको छ ।

पक्षिम्म नवलपरासीको रामग्राम ४ जीतपुर निवासी प्रजापती नेपाली ,भोजपुरी लगायतको फिल्मी क्षेत्रमा अभिनय गरिसकेका छन् ।
अत्यन्त मिलनसार मृदुभाषी ,दयालु युवा कलाकार हाल नवलपरासी जिल्लाका भोजपुरी चर्चित कलाकार मानिन्छ । अत्यन्त मिलनसार प्रजापती आज आफनै घरमा भाई टीका मनाएर सामाजिक धार्मिक मान्यतालाई आत्मसात गरेका छन् । आफू कला क्षेत्रमा लागेपनि आफूमा समाजप्रतिको मर्यादालाई कायम रहने बताउँदै आफूमा आधुनिकताले कुनै असर नगरेको बताउनु भएको छ ।

आधुनिकताले भोजपुरी कला क्षेत्रमा पारेको प्रभाव प्रती चिन्तित देखिएका प्रजापतिले थोरै भएपनि आफूले सुधार गर्दै लैजाने बताउनु भएको छ ।

कला क्षेत्रमा लागेपछि कतिपय मानिसहरू आफूलाई सर्वोपरि मान्ने र कलाको आडमा आफू ठूलो बन्न खोज्ने व्यक्ति संग केहि पृथक स्वभाव बोकेका प्रजापतिको चौतर्फी बजारमा चर्चा चलिरहेको छ साथै उहाँले निकट भविष्यमा मैथली कला क्षेत्रमा समेत योगदान दिने बताउनु भएको छ । हामी उहाँको उज्वल भविष्यको कामना गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय