क्वालालम्पुर- सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमा हिन्दू र मुश्लिम धर्मको बिचमा नश्लवादी बयान दिने मलेसियामै कार्यरत एक बंगलादेशी श्रमिक मलेसियन प्रहरीद्वारा पक्राउ परेका छ्न।

जोहोरको मुआरमा काम गर्दै आएका २९ वर्षीय टिकटकमा साबिर हुसैन नाम रहेका बंगलादेशी संदिग्धलाई शुक्रबार (हिजो) साँझ ७ः३० बजे जोहरको मुआरबाट मलेसियन प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख दातोक आयोब खान मिदिन पिचेले शुक्रवार आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रहरी प्रमुख दातोक आयोब खानले , निरीक्षणको क्रममा पक्राउ परेका सो बंगलादेशी शंकास्पद व्यक्तिको श्रम स्वीकृतिको म्याद पनि सकिएको पाइएको छ ।, जसले प्रष्ट हुन्छ कि उक्त व्यक्तिले तोकिएको समयभन्दा बढी मलेसियामा बसोबास गरेको पनि पाइएको आशंका छ।

“पक्राउ परेका बंगलादेशी श्रमिक नागरिकले यहीँ नोभेम्बर ५ तारिखमा हिन्दू धर्म, इश्लाम र दीपावली पर्वसँग सम्बन्धित नश्लवादी बयान जारी गरि टिकटकमा भिडियो अपलोड गरेका थिए। उक्त भिडियोले मलेसियामा एक आपसमा मिलेर बसोबास गर्दै आएका हिन्दू , मुश्लिम लगायतको धर्म अङ्गालेका नागरिकबिच नश्लबादी चिन्तन पैदा गर्ने र एकआपसमा असन्तुष्टि पैदा गर्ने र शान्ति सदभाव भंग गर्ने अभिव्यक्ति दिएको थियो।

जसको कारण स्थानीय मलेसियन , नेपाल , भारत लगायतका नागरिकहरु पनि सो बंगलादेशीमाथी रिसाएका थिए र आक्रोश व्यक्त गरिरहेका थिए। सोही कारणले उनलाई पक्राउ गरिएको प्रहरी प्रमुख दातोक आयुब खानले बताएको समाचार बर्नामाले लेखेको छ ।

प्रहरी प्रमुख दातोक आयुब खानका अनुसार शंकास्पद बंगलादेशी व्यक्तिलाई थप अनुसन्धानका लागि १४ दिनको म्याद थप गरि हिरासतमा राखिएको छ।
दण्ड संहिताको दफा ५०५, सञ्चार तथा मल्टिमिडिया ऐन १९९८ को दफा २३३ र अध्यागमन ऐन १९५९/६३ को दफा १५ (१) (ग) बमोजिम मुद्दा दर्ता गरि निजमाथी अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय