विनोद मण्डल कार्तिक २२ । गायन ,वादन र संगीतको संयोजनको उपज मानिन्छ लोकगीत । गला र कलाबाट आफ्ना भावना व्यक्त गर्न कुनैपनि ब्यक्ति जीवनका उकाली र ओरालीहरुमा ठक्कर खाएको हुनुपर्छ अनि संगीतले आफ्नो स्वर्णिम अक्षरले इतिहास कोर्न पुग्दछ । बाल्यकालको वास्तविक प्रेम अनि मायालाई मिनेटमै समाप्त गरेर उजाड भएका मनमोहनी दिलमोहनीको कारण विवस जिन्दगी आज भोजपुरी गायन क्षेत्रमा प्रवेश गर्न विवस एक पारखीको जीवनको सामान्य परिचय ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ४ लोहरौली निवासी पिता लालमन यादब माता प्रभादेवि यादबको एकलो छोरा परिवारको ३ सन्तानमध्ये जेठो हुनुहुन्छ । जिल्ला नवलपरासी बोलको गीतबाट आफ्नो भोजपुरी गायन शुरू गरेका यादवलाई सानैदेखि यस क्षेत्रमा रुचि भएपनि करिब ४ वर्षदेखि मात्र यस क्षेत्रमा प्रवेश गरेको बताउनुहुन्छ ।
२ दर्जनभन्दा बढी भोजपुरी भिडियोसहितको गीतमा स्वर दिई सकेका यादब अहिले नवलपरासीमा चर्चित गायकको रूपमा रहेको छ । छठ लगायतका गीतहरू गाएका उनले समाजका वर्तमान समयमा युवालाई मध्यनजर राख्दै गीत गाउने गरेकाले उनी युवाहरुको मन मस्तिष्कमा बस्न सफल भएका छन् ।
अत्यन्त मिजासलु स्वभाव भएका स्वरका धनी अकलेश यादब अत्यन्त मिलनसार र समाज अनि वातावरणमा घुलमिल हुन सक्ने यादबको गीतहरू भोजपुरीमा धार्मिक ,मार्मिक अनि आधुनिकता बाट प्रेरित मानिन्छ ।