नवलपरासी,कार्तिक २२- पश्चिम नवलपरासी जिल्लामा तिहार र छठ पर्वकाे अवसरमा विभिन्न नाकाबाट भित्रंयाउदै गरेका पटका प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
भारतबाट नेपाल तर्फ ल्याउदै गरेको राईट रोल क्याप्स, उज्यालो हाईड्रोफल, ग्राउण्ड चक्कर, फ्लोर पोटस सानो, फ्लोर पोटस ठुलो, झील झेले, लम्बा बुलेट, खुर्सानी नामक लगायतका बिभिन्न किसिमका पटका तथा झिलझिले बत्तिहरु जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत प्रहरी ईकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट पटका वरामद गरिएको बताईएकाे छ ।
प्रहरीले यो अबधिमा ५ लाख ७४ हजार ५ सय मुल्य बराबरको नियन्त्रणमा लिएकाे पटका आज स्थानिय जनप्रतिनिधी, संचारकर्मी तथा स्थानिय व्यक्तिहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय परिसरमा खाल्डो खनि पुरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी राजु लामाले नवलपुर टुडेलाई जानकारी दिनु भयाे ।
पटकाले बालबालिकाहरुमा चाेटपटक लाग्ने, बाताबरणमा प्रदुषण हुने, गाउँटाेलमा काेलाहल हुने, आगलागि हुने, डर त्रासले मानव जिवनमा विभिन्न किसिमकाे राेग उत्पन्न भई मृत्यु समेत हुने जस्ता घटना हुने भएकाले यस्ताे हुन नदिन कडाईकाे साथ प्रहरीले निगरानी बढाएकाे प्रहरी प्रमुख मनाेज कुमार यादवले बताउनुभयाे ।