विनोद मण्डल कार्तिक २९ । सिरहाको धनगढी माई १३ भोरनेनी स्थायी घर भएका आमा विन्दा देवी सुवेदी र पिता थम्ब राज सुवेदीका छोरा सविन सुवेदी कला क्षेत्रमा प्रवेश गरेका छन् ।
सानै देखि गीत संगीत र नाट्य विधाप्रती रुचि राख्ने सुवेदी हाल उदयपुर जिल्लाको गाईघाटमा बसेर एल्बम निकालेर कला क्षेत्रमा आफ्नो पहिचान विस्तारमा लागिपरेका छन् ।
निरन्तरको प्रयासले पक्कै पनि सफलताको शिखरमा पुग्ने चाहना बोकेका सुवेदी वर्तमानलाई ख्याल गर्दै एलबम निकाली रहेका छन् ।