काठमाडौ- मलेशियामा बेपत्ता एक नेपाली कामदार खोजी गरिदिन उनको परिवारले अनुरोध गरेका छन। करिब १० बर्ष अघि रोजगारीको लागि मलेशिया पुगेका दिनेश शाह सम्पर्क बिहिन बनेका हुन।
साबिक हरिपुरुवा वडा नम्बर-३ निवासी शाह मलेशिया पुगेको ८/९ महिना सम्म सम्पर्कमै रहेको र त्यस यता एकाएक बेपत्ता भएको पारिवारिक श्रोतले जानकारी दिए।
करिब १० बर्ष अघि फेमस ह्युमन रिसोर्स प्राईभेट लिमिटेड म्यानपावर बाट मलेशियाको जोहोर बाहरु राज्य स्थित वाईन इन्डस्ट्रीज एस.डी.एन.बि.एच.डी मा कार्यरत शाह सम्पर्क बिहिन बन्दा घर परिवारमा चिन्ता बढेको छ।
बेपत्ता दिनेश शाहको अवस्था बुझिदिन र खोजिका लागि उनका सहोदार भाइ राम बिश्वास शाहले मलेशिया स्थित नेपाली राजदुतावास लाई निवेदन दिएका छन।भने अन्य नेपाली संघ सस्थाहरु लाई समेत अनुरोध गरेका छन। राम बिश्वास शाह सम्पर्क:०११-६९५४-४५३१