कार्तिक ५ गते । सिरहामा प्रहरीले लागु औषध ब्राउन सुगरसहित दुई जना युवालाई पक्राउ गरेका छ्न।
पक्राउ पर्नेमा सिरहाको नरहा गाउँ पालिका -३ का २१ वर्षीय इन्दल यादव र सोही ठाउँका २० वर्षीय कपिल महरा रहेका छ्न।
शनिबार ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नरहा गाउँपालिका वडा नं. ३ स्थित डण्डाटोल जाने बाटोमा चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा नरहा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २१ को ईन्दल कुमार यादव तथा ऐ.बस्ने बर्ष २० को कपिल महरा समेतको साथबाट अबैध लागू औषध ब्राउन सुगर ४ ग्राम ५५० मिलि ग्राम, नाईट्रोभेट टेन लेखिएको २ वटा टयाब्लेट र २ थान मोबाईल सहित निजहरुलाई नियन्त्रण मा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक सुभाष बुढाथोकी ले बताएका छ्न।
पक्राउ परेका दुबै जनामाथि ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको
जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय