नेकपा माओवादी केन्द्रले संसदीय बोर्डको गठन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्डको गठन गरेको हो ।

संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु केही घण्टाअघि बसेको बैठकले राष्ट्रिय सभा दलको प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारी चयन  गरेको छ ।

सांसदहरूले उठाएका विषयमा दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डले जवाफ दिएको बैठकले मंगलबार सुरु हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिएको छ ।

साथै बैठकले सर्वदलीय बैठक बसेर संसदीय गत्यावरोध हटाउन आवश्यक पहल गरिने निर्णय पनि गरेको छ । संघीय संसदको दुवै सदनको मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ भनि रातोपाटि मा लेखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय