![](https://www.sandeshprawah.com/wp-content/uploads/2022/01/Rastriya-sava-election.jpg)
काठमाडौं- राष्ट्रियसभा सदस्य पदका लागि देशैभरबाट २ हजार २५ जना मतदाता रहेका छन् । प्रदेशसभा सदस्य तथा नगरपालिका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षले राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई भोट दिन पाउनेछन् ।
राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि मतभार हिसाव गरी निर्वाचित हुने ब्यवस्था छ । प्रदेश सदस्यको मतभार ४८ र नगर प्रमुख–उपप्रमुख र गाउँपालिका अध्यक्ष–उपाध्यक्षको १८ मतभार हुन्छ ।
चार वर्षे अवधि पूरा गरी पदावधि सकिन लागेका १९ सांसद मध्ये एमालेको ८ सिट रहेको छ । सत्ता गठबन्धनले मिलेर उम्मेदवार दिएपछि एमाले गठबन्धनविरुद्ध एक्लै प्रतिष्पर्धामा उत्रिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि बारम्बार एमाले एक्लै लड्न तयार भएको भन्दै सबै मिलेर आउन चुनौति दिँदै आएका थिए । गठबन्धनसँग एक्लै भिड्दा गणितीय हिसावले एमालेले यसअघि पाएको ८ सिट गुमाउने सम्भावना देखिएको छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश १ मा ९२ जना प्रदेशसभा सदस्य तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख गरेर २७२ जना मतदाता छन् ।
प्रदेश १ मा एमालेका सुमित्रा सुवेदी भण्डारी (महिला), सोनाम गेल्जेङ शेर्पा (अल्पसंख्यक) र गुरुप्रसाद बराल (अन्य)बाट उम्मेदवारी दिएका छन् । गठबन्धनबाट भने एकीकृत समाजवादीकी जयन्तीदेवी राई, जसपाका हेमराज राई र नेपाली कांग्रेसका गोपालप्रसाद बस्नेतले उम्मेदवारी दिएका छन् । प्रदेश १ मा माओवादी केन्द्र रिक्त छ ।
ADVERTISEMENT
कुन प्रदेशमा कति मतभार ?
प्रदेश १ मा प्रदेशसभा सदस्यको मतभार ४ हजार ४ सय १६ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुखको मतभार ४ हजार ८ सय ९६ छ । यी दुवैतर्फ गरेर प्रदेश १ मा कुल मतभार ९ हजार ३ सय १२ हुन्छ ।
यसैगरी, प्रदेश २ मा जम्मा ९ हजार ८ सय १६ मतभार छ । प्रदेश २ मा प्रदेश सभा सदस्य १ सय ४ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जना छन् । प्रदेश सभाका सदस्यको कुल मतभार ४ हजार ९ सय ९२ हुन्छ भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जनाको मतभार ४ हजार ८ सय २४ हुन्छ ।
यस्तै, बाग्मतीमा प्रदेशमा प्रदेश सभा सदस्य १ सय ९ जना छन्, । उनीहरूको मतभार ५ हजार २ सय ३२ हुन्छ ।
यसैगरी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ३७ जना छन् । उनीहरूको मतभार ४ हजार २ सय ६६ हुन्छ । दुवैतर्फका गरी बाग्मती प्रदेशमा कुल मतभार ९ हजार ४ सय ९८ रहेको छ ।
यसैगरी, गण्डकीमा प्रदेशमा ५ हजार ८ सय ९२ कुल मतभार छ । जसमा प्रदेश सभा सदस्य ५९ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ७० जना छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा ७ हजार ७ कुल सय ५८ मतभार छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ८१ जना तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय १५ जना रहेको निर्वाचन आयोगले जनाएको हो ।
कर्णाली प्रदेशमा ४ हजार ४ सय ८८ कुल मतभार छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ३५ जनाको मतभार १ हजार ६ सय ८० तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ५६ जनाको मतभार २ हजार ८ सय ८ छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेशमा कुल मतभार ५ हजार ६ सय ४६ छ । सो प्रदेशमा प्रदेश सभा सदस्य ५२ जनाको मतभार २ हजार ४ सय ९६ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ७५ जनाको मतभार ३ हजार १ सय ५० छ ।
राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि मतभार हिसाव गरी निर्वाचित हुने ब्यवस्था छ । प्रदेश सदस्यको मतभार ४८ र नगर प्रमुख–उपप्रमुख र गाउँपालिका अध्यक्ष–उपाध्यक्षको १८ मतभार हुन्छ ।
चार वर्षे अवधि पूरा गरी पदावधि सकिन लागेका १९ सांसद मध्ये एमालेको ८ सिट रहेको छ । सत्ता गठबन्धनले मिलेर उम्मेदवार दिएपछि एमाले गठबन्धनविरुद्ध एक्लै प्रतिष्पर्धामा उत्रिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि बारम्बार एमाले एक्लै लड्न तयार भएको भन्दै सबै मिलेर आउन चुनौति दिँदै आएका थिए । गठबन्धनसँग एक्लै भिड्दा गणितीय हिसावले एमालेले यसअघि पाएको ८ सिट गुमाउने सम्भावना देखिएको छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश १ मा ९२ जना प्रदेशसभा सदस्य तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख गरेर २७२ जना मतदाता छन् ।
सो प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४ हजार ४ सय १६ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुखको मतभार ४ हजार ८ सय ९६ छ । यी दुवैतर्फ गरेर प्रदेश १ मा कुल मतभार ९ हजार ३ सय १२ हुन्छ ।
यसैगरी, प्रदेश २ मा जम्मा ९ हजार ८ सय १६ मतभार छ । प्रदेश २ मा प्रदेश सभा सदस्य १ सय ४ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जना छन् । प्रदेश सभाका सदस्यको कुल मतभार ४ हजार ९ सय ९२ हुन्छ भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जनाको मतभार ४ हजार ८ सय २४ हुन्छ ।
यस्तै, बाग्मतीमा प्रदेशमा प्रदेश सभा सदस्य १ सय ९ जना छन्, । उनीहरूको मतभार ५ हजार २ सय ३२ हुन्छ । यसैगरी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ३७ जना छन् । उनीहरूको मतभार ४ हजार २ सय ६६ हुन्छ । दुवैतर्फका गरी बाग्मती प्रदेशमा कुल मतभार ९ हजार ४ सय ९८ रहेको छ ।