क्वालालम्पुर- मलेसिया स्थित नेपाली राजदूतावासले आज बुधबारदेखि विद्यूतिय पासपोर्ट अर्थात (इ-पासपोर्ट) बनाउन, जारी गर्न सुरु गरिएको छ।
नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाको प्राङ्गणमा आज आयोजित इ-पासपोर्ट लन्च कार्यक्रमलाई राहदानी बिभाग नेपालको महानिर्देशकले सम्बोधन गर्नुको साथै दूतावासका कार्यवाहक राजदूत मोती बहादुर श्रीश , श्रम काउन्सेलर (श्रम सहचारी) दिपक ढकाल , द्धितिय सचिव तथा जेल शाखा प्रमुख प्रेम बहादुर बुढ थापा लगायतको दूतावासको प्रतिनिधिहरु उपस्थितिमा संयुक्त रुपमा नेपाली श्रमिक सप्तरी जिल्ला निवासी श्याम कुमार चौधरीको नामको इ-पासपोर्टको फारम भरि लन्च गरि ई-पासपोर्ट बनाउन र जारी गर्न शुभ-आरम्भ गरिएको हो।
पहिलेको एमआरपि पासपोर्टको म्याद सकिएका नेपाली श्रमिकहरु लगायतका नेपाली व्यावसायिकहरुले पनि आजबाट मलेसिया स्थित नेपाली राजदूतावासमा उपस्थित भएर फारम भरेर नयाँ इ-पासपोर्ट बनाउन र लिन सक्नुहुने दूतावासका कार्यवाहक राजदूत मोती बहादुर श्रीशले बताउनुभयो।
ई-पासपोर्टको लन्च कार्यक्रममा नेपाली दूतावासका प्रतिनिधि संगसंगै नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष (सभापति) चोलाकान्त पंगेनी, उपाध्यक्ष टेक बहादुर टमाटा, कमल प्रसाद गौतम, महामन्त्री हरि कोईराला, त्यस्तै समितीको सदस्यद्धयहरु तेज कुमार राई, ईन्द्र भण्डारी, सल्लाहकार रामकुमार राई, प्रवक्ता यज्ञ कुमार राईको उपस्थिति रहेको थियो।
त्यस्तै गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा, महासचिव हेमराज सापकोटा, नेकपा एमाले निकट प्रवासी नेपाली मन्चका अध्यक्ष शेेर बहादुर गुरुङ, महासचिव दयाराम कुमाल लगायत सञ्चारकर्मी ईश्वर राई , कृष्ण गुप्ता लगायतको सहभागिता रहेको थियो।