पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि कुन पार्टीबाट कसकाे चर्चा…?

बिनोद निगम / नवलपरासी /८ फाल्गुन।

सरकारले स्थानीय तह निर्वाचनका २०७९ वैशाख ३० गते देशभर एकै चरणमा गर्ने निर्णय गरेसंगै कुन पार्टीबाट काे उम्मेदवार बन्ने भन्ने चर्चाले तिव्रता पाएकाे छ ।

यस्तै नवलपरासीको विभिन्न पालिकाकाहरुमा पनि पछिल्लो समय चुनाव केन्द्रित भेटघाट र छ्लफलका गतिविधिहरुले तिब्रता पाएका छन् ।

यसैबीच पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिकामा पनि स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदको अलग–अलग पार्टीका नेताहरुले आफ्नो दावेदारी रहने आन्तरीक प्रचारबाजी शुरु गरेका छन् ।

आगामि स्थानिय तहको निर्वाचनमा नेकपा माअाेवादी केन्द्रबाट पाल्हिनन्दन गाउँपालिका अध्यक्ष पदको उमेदवारका लागि वर्तमान अध्यक्ष बैजु प्रसाद गुप्ता पुनः दोहरीने पार्टी निकट स्रोतले जानकारी दिइएको छ।

त्यस्तै नेपाली काङ्ग्रेसबाट पालिका अध्यक्ष पदकाे सम्भावित उम्मेदवार पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०२ का वार्ड अध्यक्ष रामनगिना सिंह,निवर्तमान अध्यक्ष पदका उम्मेदवार राजेन्द्र सहानि,निवर्तमान नेपाली कांग्रेस निवार्चन क्षेत्र न २ ख का सभापति दिनेश मणि पटेल, नेपाली कांग्रेस पाल्हिनन्दन गाउँपालिका सभापति पदका उम्मेदवार गुड्डु गुप्ता,यूवा नेता राकेश गुप्ता,निवर्तमान नेपाली कांग्रेस नवलपरासीका सह-सचिव गजानन्द पटेल,यूवा नेता ब्रम्हानन्द लाेहार, तबरेज आलम खान,भूत पुर्व कुश्मा गाविस अध्यक्ष गिरिस पाण्डेय र उपाध्यक्षमा वर्तमान उपाध्यक्ष पावित्री काेहार आकांक्षी रहेको नेपाली काङ्ग्रेस पाल्हिनन्दन गाउँपालिका कार्य समिति निकट श्रोतले जनाएको छ।

राजनीतिक दलहरुले स्थानीय तहका उम्मेदवार सिफारिसका लागि निश्चीत मापदण्ड तय गर्न नसकेको अवस्थामा अहिले जो कोहीले पनि आफ्नो आकांक्षा राख्नु स्वभाविक रहेको छ हाल माथिका नाम हाम्रो अगाडि अाइरहेकाे छ अन्य पनि आकांक्षी बढ्न सक्नुहुन्छ काङ्ग्रेसको श्रोतले जनाएको छ।

नेपाली कांग्रेसबाट पाल्हिनन्दन अध्यक्ष पदको उम्मेदार मध्ये रामनगिना सिंह ,राजेन्द्र सहनीको टिकट पाउने सम्भावना बढी भए पनि सामाजिक कार्यमा हाल गुड्डु गुप्ता ,ब्रहृमानन्द लोहार निकै सक्रिय रहेका छन्। गुड्डु गुप्ताले लाई हेर्दा समाजमा आफ्नो व्यक्तिगत छाप छाडेका छन् भने जातीय समीकरण बाट पनि हेर्दा गुड्डु गुप्ताको जित्ने सम्भावना बढी रहेको देखिन्छ । पाल्हिनन्दन गाउँपालिकामा गुप्ता जातीको लगभग २२०० देखि २४०० भोट रहेको छ। तर प्रतिनिसभा सदस्य देवेन्द्र राज कंडेल संग राम्रो सम्बन्ध न भएको ले टिकट पाउने सम्भावना कम रहेको निकट श्रोतले बताएको छ।

त्यस्तै पार्टी निकट स्रोतका अनुसार नेकपा एमालेबाट रवि खत्री ,सशिअान्नद खत्री,राजु हरिजन ,अफताब अालम अन्सारी (मुन्ना ) र उपाध्यक्षमा रिंगला यादव लगाएतकाे उम्मेदवार आकांक्षी देखिएका छन्।

त्यस्तै जसपाबाट धरेन्द्र यादव पालिका अध्यक्ष पदको लागि उम्मेदवारी गर्ने पार्टी निकट स्रोतले जानकारी दिइएको छ।

त्यसैगरी लाेसपाबाट मुकुर गिरी पालिका अध्यक्ष पदको उम्मेदवार रहने संभावना बलियो देखिएको छ ।

त्यस्तै जनमत पार्टीबाट जमिर धुनिया पालिका अध्यक्ष पदको उम्मेदवार रहने संभावना बलियो देखिएको छ ।

त्यस्तै राप्रपाबाट अैनुल अलि गाउँपालिका अध्यक्षकाे उम्मेदवार रहने संभावना देखिएको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट र जनता प्रगतिशील पार्टीबाट गाउँपालिकामा हाल उम्मेदवारहरुको चर्चा भने कम देखिएको छ ।

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदको अलग–अलग पार्टीका नेताहरुले आफ्नो दावेदारी रहने आन्तरीक प्रचारबाजी गरेपनि हाल पार्टीहरुले उम्मेदवारको अाैपचारिक घाेषणा भने गरेका छैनन् ।

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ। सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै उम्मेदवारी घोषणा गर्नेहरुको पनि लहर चल्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय