१८ वर्षमुनिकी गायिकासँग यौ`न सम्बन्ध राखेको आ`रो`प लागेका अभिनेता पल शाहवि`रुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसु`रमा मु`द्दा दा`यर भएको छ ।
पल शाहबाट आफू पी`डित भएको भन्दै ती गायिकाले उ`जु`री दिएकी हुन् । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक क`सु`र भएकाले तनहुँ पुगेर उ`जु`री दर्ता गरिएको हो ।
मुलुकी अ`प`राध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौ`न सम्बन्ध राखे पनि त्यसलाई ज`बरजस्ती क`रणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौ`न सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जे`ल स`जा`य हुन सक्ने मुलुकी अ`प`राध सं`हितामा उल्लेख छ ।
पलले आफूलाई विवाह गर्ने प्र`लो`भनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले का`नुनी का`रवाहीको माग गर्दै ती गायिकाले बुधबार कार्यालयमा उपस्थित भएर शाह वि`रुद्ध जा`हेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ती गायिका अहिले बल्ल १७ वर्ष पुगेकी छिन् ।
हालै मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । ती गायिका ग`र्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।
गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको ना`टक रचेर पलले अ`न्या`य गरेको भन्दै ती गायिका प्रहरी कार्यालयमा पुगेकी हुन् । यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै आफ्नो प्र`भा`वमा राखेका थिए । यही क्रममा एक जना ठूलो मिडियाका पत्रकारले उनलाई पलसँग भिडियो खिचा`एर उनीहरू आपसमा मिलेका छन् भन्दै पललाई जोगाउन र गायिकालाई ‘होस्टाइल’ गराउन युट्युबमा भिडियो अपलोडसमेत गरेका थिए ।
तर, मंगलबारदेखि ती गायिका का`नुनी प्र`क्रि`यामा जान तयार भइन् । उनी मंगलबार नै काठमाडौँबाट तनहुँतर्फ लागेकी थिइन् । तर, मंगलबार साँझ तनहुँ जिप्रकाले बुबाको पनि हस्ताक्षर चाहिन्छ भनेपछि बुधबार मात्रै जाहेरी दर्ता भएको हो ।
रातोपाटीलाई प्राप्त जानकारी अनुसार म्युजिक भिडियोको क्षेत्रमा कलिला उमेरका किशोरीहरूमाथि यौ`न शो`ष`ण गर्ने एउटा गिरोह नै सक्रि`य छ । त्यस्तो गि`रो`हलाई केही पत्रकारले समेत साथ दिइरहेको खुलेको छ । रातोपाटी बाट