लेटाङ- सत्यहाङ कोलनी बस्तीको नाम लेटाङका एक युवा ठगिमा परेको रहस्य खुलेको छ। साबिक लेटाङ-१ सर्पेटारका बिर्ख बहादुर राई लाई विभिन्न प्रलोभनमा पारी ठगिएको बुझिएको हो। दमक खरखरे स्थित सत्यहाङ कोलोनी बस्तीको लागि घडेरी प्लटिङ गरेर बेचे बापत ब्याज सहित मुनाफा दिन्छु भनी लेटाङ-७ का पुर्ण बहादुर लिम्बुले ७ बर्ष अघि ६ लाख रुपैया असुलेको राईले बताए।

पीडित राईका अनुसार उक्त रकम लिए बापत आफू लाई ब्याज दिने सर्त भए पनि हाल सम्म सावानै नदिएको बताएका हुन।सो रकम लामो समय सम्म नदिएपछि आफ्नो रकम फिरौती माग्दा आफुले नलिएको भन्दै बारम्बार झारो टार्ने काम गर्दै आएको बताए। पीडित बिर्ख बहादुर राई लगायत उनकै सासु र अन्य ब्यक्तिहरु सङ गरि थुप्रै रकम लिम्बुले लिएको बताएका छन।

‘राईले भने’ मेरो मात्र ६ लाख रुपैया हो। मेरो सासु लगायत अन्य गाउका थुप्रै व्यक्तिहरुले कोलनी बस्तिका नाममा पूर्ण बहादुरले लाखौ रकम असुलेर फिर्ता दिएका छैनन्। हामि प्रमाण सहित भौतिक उपास्थिति हुनेछौ। यस्ता दलाल एजेन्टहरु लाई कानुनि दायारामा ल्याउन लेटांग नगरपालिका न्यायिक समिति मार्फत समन्वय गरीदिन आग्रह गर्यौ तर सुन्वाई भएन। “उनले थपे”

लिखित तमसुकमा रकम अर्कैलाई दिएको बनाएर आफू तर्किन खोजेको राइले उनी माथी आरोप लगाएका ।भने तमसुक अनुसार ऋणि किरात धर्म गुरु आत्म लिङ्देनकि छोरी मिना कुमारी लिङ्देन लाई किटानी गरि बनाईएको छ। तमसुक २०७२ साल मंगसिर २२ गते सपना खवास द्वारा लेखिएको छ। उक्त बिषयमा सत्यतथ्य बुझ्न संदेश प्रवाह अनलाइनले पुर्ण बहादुर लिम्बू लाई फोन सम्पर्क गर्दा फोन उठेन।

भने मिना कुमारी लिङ्देनले कोलोनी एक सस्था रहेको र सस्था मार्फत गरिएको लगानी बारे आफू अनबिज्ञ रहेको बताईन।
यस्तो छ लिखित तमसुक : 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय