काठमाडौं – नेपाल सरकारले अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारहरुको कोरोना सम्बन्धि पीसीआर परीक्षण नि:शुल्क गर्ने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो।

नेपालको संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परिक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले यस्तो निर्णय गरेको हो। शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै श्रमिकहरुका लागि नि:शुल्क पीसीआर परीक्षण हुने मन्त्रालयले जनाएको छ।

तर, त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ। यसभन्दा अगाडी सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय तिर्नुपर्ने हुन्थ्यो।

नि:शुल्क कोरोना परिक्षणको लागि सरकारीतर्फ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र वीर अस्पताल रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय