रामजी प्रजापति / फागुन १४- नवलपरासी युवा समाज र ट्राफिक प्रहरीको सम्युक्तमा नवलपरासी को बालगोबिन्द पेट्रोलपम्प लगायत अन्य ठाउमा ट्राफिक नियमको पालना गर्ने उदेश्यले बाटोमा उत्रियो ।
दिनहु हरेक ठाउमा दुर्घटना भयको विभिन्न संचारमाध्यमबाट सुन्न र देख्न पाईन्छ जुनकि धेरै जसो सवारि साधनबाट घटना घटिरहेको जान्कारि पाईरहेका हुन्छौं । उक्त घटनामा कसैको दाई,भाइ ,आमा,बैनि,छोरा,छोरी आमा ,बुवा वा साथि परिरहेका हुन्छन्
यस्तो घटना न होस भनेर नवलपरासी युवा समाज र ट्राफिक प्रहरी बाटोमा आएर घटनाको समाधान गर्नको लागि साईकल,ट्रेकटर,ई रिकसा, टिप्पर , बस लगायत अन्य गाडिहरुको पछाडि टल्किने ईस्टिकर लगाईएको छ।
हाईवे लगायत अन्य बाटोटोमा हिडिरहेका गाडिहरुलाई रोकाएर ट्राफिक नियमको पालना बारेमा जानकारी गराउदै युवा समाज तथा ट्राफिक प्रहरी दुईटा हाथ जोडि गाडि धिमि गतिमा चलाएर आफू र अरुको पनि ज्यान बचाईदिन आग्रह गर्नुभएको छ ।
यस ट्राफिक नियमको पालना गर्नकोलागि नवलपरासीको ट्राफिक तथा युवा समाजका अध्यक्ष धर्मेन्द्र गिरी, सदस्य अजय सिंह यादव ,पल्टन हरिजन,सुमानअलि पठान,शिवकुमार शर्मा,अजय क्षेत्री ,रन्जना कामि,रिमा कोहार,प्रितम गुप्ता,राजकुमार गुप्ता,शन्दिप गुप्ता ,राजन गुप्ता,प्रकाश सन्त राय,निशाकुमारि शर्मा ,ईम्रान मन्सुरि,पत्रकार रामजी प्रजापति लगायत अन्य व्यक्तिहरुको उपस्तिथि रहेको थियो ।