![](https://www.sandeshprawah.com/wp-content/uploads/2022/03/hawai-bhada.jpg)
हाल भइ रहेको रुसी र युक्रेन युद्ध को असर अब साधारण जनता ले भोग्नु पर्ने छ। युद्ध को कारण इन्धनमा भएको मूल्यवृद्धिको असर सबै क्षेत्रमा देखिन थालेको छ । मलेशिया देखी नेपाल को एक तर्फी हवाई भाडा मा नि यसको असर देखिएको छ। दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिदेखि हवाई तथा स्थल यातायात सेवासमेत प्रभावित हुने देखिएको छ ।
नेपाल आयल निगमले पछिल्लोपटक इन्धनमा मूल्यवृद्धि गरेसँगै आन्तरिक हवाई उडानको भाडा बढेको छ भने यातायात व्यवसासीले पनि सार्वजनिक यातायातको भाडा बढाउन सरकारलाई दबाब दिन थालेका छन् ।
आइतबारदेखि लागू हुने गरी निजी वायु सेवा कम्पनीहरूले हवाई भाडा बढाएका छन् । सबैभन्दा धेरै विराटनगर-नेपालगञ्ज रुटको भाडादर पाँच सय ४० रुपैयाँले बढेको छ भने काठमाडौं-धनगढीको भाडा चार सय ४५, काठमाडौं-भद्रपुरको तीन सय, काठमाडौं-सुर्खेतको तीन सय ४५ र काठमाडौं-नेपालगञ्जको तीन सय ३० रुपैयाँ भाडा बढेको छ ।
भाडा वृद्धिसँगै विराटनगर-नेपालगञ्जको भाडादर सात हजार तीन सय पाँच रुपैयाँ पुगेको छ । यसअघि उक्त रुटको भाडादर छ हजार सात सय ६५ रुपैयाँ रहेको थियो । त्यस्तै काठमाडौं-धनगढीको भाडादर छ हजार १० रुपैयाँ पुगेको छ । यसअघि उक्त रुटको भाडादर पाँच हजार पाँच सय ६५ रुपैयाँ रहेको थियो ।
त्यस्तै काठमाडौं-भद्रपुरको भाडादर चार हजार ८५ रुपैयाँ पुगेको छ । यसअघि उक्त रुटको भाडादर तीन हजार सात सय ८५ रुपैयाँ रहेको थियो । काठमाडौं-सुर्खेतको भाडादर चार हजार सात सय रुपैयाँ पुगेको छ । यसअघि चार हजार तीन सय रुपैयाँ रहेको थियो भने काठमाडौं-नेपालगञ्जको भाडादर चार हजार चार सय ३५ रुपैयाँ पुगेको छ ।
यसअघि चार हजार एक सय पाँच रुपैयाँ रहेको थियो । काठमाडौं-तुम्लिङटारको दुई हजार पाँच सय पाँच रुपैयाँ रहेको छ । यसअघि दुई हजार तीन सय २५ रुपैयाँ रहेको थियो । त्यस्तै काठमाडौं-सिमरा एक हजार दुई सय २५ रुपैयाँ रहेको छ । यसअघि एक हजार एक सय ३५ रुपैयाँ रहेको थियो । काठमाडौं-राजविराजको दुई हजार सात सय ८० रुपैयाँ रहेको छ । यसअघि दुई हजार पाँच सय ७५ रुपैयाँ रहेको थियो ।
त्यसैगरी काठमाडौं-पोखरा दुई हजार एक सय १५ रुपैयाँ रहेको छ । यसअघि दुई हजार रुपैयाँ रहेको थियो । काठमाडौं-भैरहवाको दुई हजार आठ सय रुपैयाँ रहेको छ । यसअघि दुई हजार पाँच सय ९५ रुपैयाँ रहेको थियो । पोखरा-भरतपुरको एक हजार पाँच सय १० रुपैयाँ रहेको छ । यसअघि एक हजार तीन सय ९५ रुपैयाँ रहेको थियो ।
त्यस्तै पोखरा-भैरहवाको एक हजार सात सय ५० रुपैयाँ रहेको छ । यसअघि एक हजार छ सय २० रुपैयाँ रहेको थियो भने पोखरा-सिमराको तीन हजार ४५ रुपैयाँ रहेको छ । यसअघि दुई हजार आठ सय २० रुपैयाँ रहेको थियो भने पोखरा-नेपालगञ्जको भाडादर तीन हजार दुई सय २५ रुपैयाँ रहेको छ।
यसअघि दुई हजार नौ सय ८५ रुपैयाँ रहेको थियो । पोखरा-विराटनगरको चार हजार आठ सय ४० रुपैयाँ रहेको छ । यसअघि चार हजार चार सय ८४ रुपैयाँ रहेको थियो भने पोखरा–माउन्टेन फ्लाइटको चार हजार दुई सय ७० रुपैयाँ रहेको छ । यसअघि तीन हजार नौ सय ५५ रुपैयाँ रहेको थियो ।
त्यसैगरी विराटनगर-माउन्टेन फ्लाइटको चार हजार तीन सय ४० रुपैयाँ रहेको छ । यसअघि चार हजार २० रुपैयाँ रहेको थियो भने विराटनगर-तुम्लिङ्टारको एक हजार चार सय ५५ रुपैयाँ रहेको छ । यसअघि एक हजार तीन सय ५० रुपैयाँ रहेको थियो ।
भद्रपुर–भैरहवाको एक हजार आठ सय १० रुपैयाँ रहेको छ । यसअघि एक हजार छ सय ८० रुपैयाँ रहेको थियो भने विराटनगर-नेपालगञ्जको सात हजार तीन सय पाँच रुपैयाँ रहेको छ । यसअघि छ हजार सात सय ६५ रुपैयाँ रहेको थियो।
त्यस्तै विराटनगर-भैरहवाको पाँच हजार तीन सय ४५ रुपैयाँ रहेको छ । यसअघि चार हजार नौ सय ५० रुपैयाँ रहेको थियो भने नेपालगञ्ज-धनगढीको दुई हजार एक सय ३५ रुपैयाँ रहेको छ । यसअघि एक हजार नौ सय ७५ रुपैयाँ रहेको थियो । पोखरा-धनगढीको चार हजार छ सय ४० रुपैयाँ, पोखरा-जनकपुरको तीन हजार पाँच सय ५० र पोखरा-भद्रपुरको पाँच हजार पाँच सय पाँच रुपैयाँ रहेको छ ।
पछिल्लोपटक निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको छ भने आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर सय अमेरिकी डलर वृद्धि गरेको छ । एलपी ग्याँसको मूल्य भने यथावत् राखेको छ ।