लेटाङ, चैत-९- लेटाङ नगरपालिका वडा नम्बर -६ स्थित शिक्षा बिकास माबिमा शिक्षक द्वारा छात्रा माथी यौन दुर्व्यवहारको आरोपमा आन्दोलनकरीहरुले गरेको विध्वंसको माननीय सांसद कुल बहादुर साम्बा लिम्बुले स्थलगत अनुगमन गर्नु भएको छ।

घट्ना स्थल अवलोकन गर्ने क्रममा आन्दोलनकारीहरुले सार्बजनिक सम्पत्ति माथी क्षेती पुर्याउने गरि गरेको प्रदर्सन लाई अमानवीय र निन्दनीय रहेको बताए। बिध्यालय ज्ञान सिक्ने ठाउँ हो। गलत गर्ने लाई सजाय हुनुपर्छ तर सार्बजनिक सम्पतिको संरक्षण गर्नु पनि उतिकै महत्वपूर्ण छ। तर त्यो भएन “उनले भने।

आरोपित सिक्षकले बालिका माथी गरेको यौन दुर्ववहारको पनि खुलेर बिरोध गर्नु भयो। बिध्यालय ज्ञानको भण्डार हो। देश निर्माण गर्ने कर्णदार उत्पादन गर्ने ठाउ हो। त्यस्तो ठाउमा सिक्षकले अमानवीय हर्कत देखाउनु खेद जनक छ। “उनले थपे।”

लेटाङमा उक्त घट्ना पछी मोरङ जिल्ला प्रसासनले अनिश्चित कालिन कर्फ्यु आदेश जारी गरेर जन्ताको जनजीवन लाई अस्तव्यस्त र प्रभावित तुल्याएको बताउनु भएको छ।यो कर्फ्यु तत्काल फिर्ता लिएर जन्ताको जन जिविका लाई सहज बनाउन समेत अनुरोध गर्नु भएको छ।

भने घट्ना पछीको अवस्था र लेटाङको स्थित बुझ्न सामसद लिम्बू बुधबार लेटाङ आउनु भएको हो। आन्दोलनकारी र प्रहरीहरुको झडपमा भएको जवान उर्मिला श्रेष्ठको मृत्यु प्रती दु:खद ब्यक्त गर्नु भयो। भने घटनाको निस्पक्ष छानबिन गरी दोषी माथि कडा कारबाहीको माग गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय