काठमाडौं – मलेसियामा सुरक्षा गार्डमा गत डिसेम्बर सम्म ३० हजार कामदार अभाव रहेको बताएको मलेसियामा हाल ५० हजार बढी कामदार अभाव रहेको छ । कोरोनाको कारण कामदार भित्राउन नपाएको मलेसियाले बिदा र फिनिसमा जाने बढे संगै त्यो संख्या पुर्ती समयमै गर्न नसक्दा कामदार अभाव रहेको हो ।

सुरक्षा गार्डको सन्दर्भमा नेपाल संगको सम्झौता कार्यान्वयन नहुनु र समयमै सम्झौता नहुनुले मलेसियालाई कामदार अभाव भएको हो ।

मलेसियाका रोजगारदाता कम्पनीको नजरमा सुरक्षा गार्डमा नेपाली राम्रो मानिनु र नेपाली सुरक्षा गार्ड को नै माग हुनु नेपाल संग सम्झौता समयमै हुन नस्क्नुले मलेसियामा सुरक्षा गार्डको अभाव रहेको छ ।

बाङ्लादेश र इन्डोनेसिया जस्ता मुलुकबाट सुरक्षा गार्ड ल्याउने सम्झौता भए पनि मलेसियाका रोजगारदाताको माग नेपाली सुरक्षा गार्ड नै परे पछि पछिल्लो समय नेपालबाट कामदार भित्राउने मलेसियाले घोषणा समेत गरेको छ ।

उता सुरक्षा गार्डको अभावले गर्दा मलेसियामा रहेका नेपालीहरुले १२ घण्टाको ड्युटी समयको साटो ३६ देखि कहिलेकाही ७२ घण्टाको ड्युटी गर्नु परेको बताउछन् ।

मलेसियामा सुरक्षा गार्डको क्षेत्रमा काम गर्दै आएका धन कुमार गोले बताउछन् , मलेसियामा ५० हजार बढी सुरक्षा गार्डको आवश्यकता रहेको छ । कामदार अभाव्को कारण ३६ देखि ७२ घण्टा ड्युटी गर्नु परेको बताउछन् ।

नेपाली लाई मलेसियाको सुरक्षा गार्डमा लैजाने अन्तिम तयारी भएको बुझिएको छ । सम्भावना केही दिन वा हप्तामै माग पत्र प्रमाणिकिकरण सुरु हुने बताइएको छ ।

यश अगाडी बंगलादेशको सेना कल्याण संस्था र मलेशियन सेक्युरिटी इ’न्ड्र्टी एसोसिएसन (PIKM) ले बिहीबार क्वालालम्पुरस्थित बंगलादेश उच्चायोगमा एक समझदारी पत्रमा हस्ताक्षर गरेको मलेसियाको अनलाइन न्यूज पोर्टलले जनाएको छ ।

मलेशियाकिनीको रिपोर्टले जनाएको छ। यसले शुक्रबार रिपोर्ट गरेको छ कि PIKM ले आप्रवासी सुरक्षा गार्डहरू सोर्सिङको लागि बंगलादेशलाई दोस्रो देशको रूपमा चयन गरेको छ, नेपाली गार्डहरूले छोडेका करिब ३०,००० रिक्त पदहरू पछि, जुन हाल यहाँ मात्र काम गर्न अनुमति दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय