सुरेश यादव ,नवलपरासी /चैत १८ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर -३ परासीमा रहेको अम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । सहकारीका उपाध्यक्ष विनाेद कुवरकाे अध्यक्षता तथा रामग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जनार्दन ठाकुरकाे प्रमुख अतिथतामा रामग्राम नगरपालिका वडा नम्बर -५ स्थित बालमन्दिरकाे सभाहलमा अम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको हाे ।
साे अवसरमा बाेल्दै प्रमुख अतिथि ठाकुरले अम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको बताउदै यश संस्थाले गर्दै गएको प्रगति र सेयर सदस्य ,बचत कर्तालाई सन्तुष्ट गर्दै संगठित रुपमा अगाडि बडिरहेकाे भन्दै शुभकामना ब्यक्त गर्नुभएको थियोे । साथै उहाले यश संस्थामा आबद्ध २७२ महिला र ३७७ पुरुष गरि जम्मा ६४९ सेयर सदस्यहरुलाई संगठित गर्दै २००० सेयर सदस्य बनाउने उदेश्यका साथ अगाडि बढ्ने लक्ष्य लिएकाे मा धन्यवाद दिदै सफलताकाे कृतग्यता ब्यक्त समेत गर्नु भएको थियाे । साथै अधिवेशनबाट चयन गरिएको अध्यक्ष राजेश कुमार अग्रहरि , उपाध्यक्ष पार्वती हरिजन , सचिव सदन पाैडेल लगाएत ७ सदस्यीय नयाँ नेतृत्वकाे कार्यसमितिलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना समेत दिनुभयाे ।
साे अवसरमा युनियन लाईफ इन्स्योरेन्स साखा कार्यलय परासीका प्रबन्धक कुल चन्द भण्डारी , सिटिजेन बैंकका प्रतिनिधि मिना पाण्डेय ,पत्रकार सुरेश यादव , रामजि काेहार , अशाेक कुमार गाैतम , माेनु शर्मा , महेश यादव लगाएतका अतिथिहरुकाे सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन सहकारीका प्रबन्धक राजेश अग्रहरिले गर्नुभएको थियो ।