पार्टीको नेतामा नेतृत्वको खुबी हुनुपर्छ।पार्टीगत संरचनामा समान बुझाई र एकता हुनुपर्छ। पार्टीमा बिचार, स्पष्ट नीति र सिधाान्त हुनुपर्छ। भिडले बिजय र पराजयको फैसला गर्न सक्दैन। नेपाली काङ्ग्रेस लेटाङ्गका कार्यकर्तामा प्रसिक्षण,अनुसाशन र राजनैतिक ईमान्दारीता नभएको स्पष्ट देखिएको छ।

प्रतिस्पर्धीलाई कम्जोर सम्झिनु, बिपक्षीको अस्थित्व नस्विकार्नु, जन्ताको सेन्टिमेन्ट नबुझी एकोहोरो बाटो निर्माण गरेका कुरा गर्नु, पोल लगाईदिएको कुरा गर्नु, बत्ती झुण्ड्याईएको कुरा गर्नु, फुसको छानोको कुरा मात्र गर्नु र गठबन्धनलाई मन र भावनाले समेट्न नसक्नुनै नेपाली काङ्ग्रेसको प्रधान कमजोरी हो। चुनाबी प्रतिस्पर्धामा जब गठबन्धन भन्ने शब्दको औचित्य टोल-टोल सम्म बुझाउन नसक्नु,पार्टीका विभिन्न तह र तप्कामा निर्देश नगर्नु, गठबन्धनको अर्थ के हो? भन्ने आफ्ना कार्यकर्तालाई नबुझाई लगाम लगाएको घोडा जस्तो नाख फुल्याएर एकोहोरो अगाडि बढ्नुको नतिजानै गठबन्धनको पराजय हो।

देशैभर चुनाबको नतिजा गणना भइरहेको छ। छिमेकी पालिका मिक्लाजुङमा गठबन्धन बिजय हुने लेटाङ्गमा पराजय हुनुपर्ने रहस्य के छ? त्यहा मात्र नभई देशैभर गठबन्धनको माहोल तातिरहेको बेला लेटाङ्गको गठबन्धन सेलाउनुमा हामी कति जिम्मेवार छौ? यसको समीक्षा दुबै दलले गर्न जरुरी छ।

अझबढी नेपाली काङ्ग्रेसले यश बिषयमा समिक्षा गर्नुपर्छ। चुनावी तालमेल पछीको प्रत्येक चुनाबी सभामा नेपाली काङ्ग्रेसकै गित घन्किनु, कोण सभा र आम सभामा दुबै दलका नेतालाई सम्बोधन नहुनु, कार्यक्रम तालिकामा माओवादी सङ सहकार्य नहुनु, प्रतिबद्धता तथा घोषणा पत्रमा साझा धारणाले स्थान नपाउनु यस्ता प्राविधिक कमजोरीका कारण दुबै दलका कार्यकर्ताको भावनामा ठेस पुग्यो जस कारण जनमत गुमाउन पर्यो।

गठबन्धन कागजी दस्तावेज मात्र बनाईयो, कार्यक्रम बनाईएन, पार्टीका हरेक गतिविधिमा कार्यकर्ताको मनोबिज्ञान बुझिएन। यसमानेमा पनि गठबन्धन सफल भएन। कागजी रुपमा गरिएको गठबन्धनले कार्यकर्ताको असन्तुष्टि सम्बोधन गर्न सकेन, भावनात्मक हिसाबले गठबन्धन भएन तसर्थ: नेपाली काङ्ग्रेस लेटाङ्गका नेतृत्वले यसवारे गम्भीर समिक्षा गर्न जरुरी छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय