सम्झौता विपरीत अवैधानिक काम गर्ने तिन वटा निर्माण कम्पनी कालोसूचिमा 
काठमाडौं-
सम्झौता र मापदण्ड विपरित नदीजन्य पदार्थको निकासी गरको भन्दै शिवराज नगरपालिकाले ३ वटा खोलाबाट निकासिका लागि जिम्मा पाएका तीन ठेकेदार कम्पनीको सम्झौता रद्द गरेको छ। ती ठेकेदार कम्पनीलाई कालोसूचिमा राख्ने र धरौटी प्रक्रियासमेत अघि बढाईएको छ।

काठमाडौं। सम्झौता र मापदण्ड विपरित नदीजन्य पदार्थको निकासी गरको भन्दै शिवराज नगरपालिकाले ३ वटा खोलाबाट निकासिका लागि जिम्मा पाएका तीन ठेकेदार कम्पनीको सम्झौता रद्द गरेको छ। ती ठेकेदार कम्पनीलाई कालोसूचिमा राख्ने र धरौटी प्रक्रियासमेत अघि बढाईएको छ।

एक साता अघि नवनिर्वाचित मेयर अजय थापाले खोलाहरुको स्थलगत अनुगमनपछि नगरपालिकाले यो कदम चालेको हो। नगर प्रमुख थापाले नदिजन्य पदार्थ उल्खननमा सम्झौता विपरित काम गर्ने ठेकेदार कम्पनीलाई कारबाहि गरिएको बताए।

नगरको तिन वटा नदिमा मापदण्ड र सम्झौता विपरित काम गरेकाले कारबाही प्रक्रिया बढाईएको बताए। आर्थिक वर्ष २०७८।७९ को नदिजन्य पदार्थ ढुंगा, गिटी, बालुवा उत्खननका लागि ठेक्का पाएको मैनारी खोलाको खनाल कन्ट्रक्सन, सुकबेल खोलाको ओमशान्ति कन्स्ट्रक्सन र जोकोही खोलाको खड्का काष्ठ तथा फर्निचर सप्लायसले सम्झौता विपरित उल्खनन गरेको पाईएकोले तीन वटै खोलको ठेक्का २३ जेठ २०७९ देखि लागु हुनेगरी रद्द गरिएको प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए।

त्यस्तै, ठेकेदार कम्पनीको बैंक ग्यारेन्टी धरौटी जफत गर्ने, कालोसूचिका लागि कार्यालयमा सिफारिस गरिएको प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए। पटकपटक सचेत गराउदा समेत अटेरी गरी सम्झौता विपरीत उत्खनन गर्ने गरेको स्थलगत अनुगमनमा पाइएकोले कारबाहि गरिएको अर्यालले बताए। कारबाहिमा परेका ठेक्का कम्पनीले संकलन गरी राखेको नदीजन्य सामाग्रीसमेत उठाउन नपाउने र सो सामाग्री नगरपालिको हुने अर्यालले जानकारी दिए।

आजको राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय