मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेतको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान प्रवेश गरेकी थिइन् ।घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत हा’तपा’त गरिन् ।
उनले कोठाभित्रको दराजसमेत तो’डफो’ड गरेको र पर्दा च्यातेकाे बताइएको छ ।घ’ट’ना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । इप्रका तुलसीपुरबाट प्रहरी टोली आएर विमलालाई नियन्त्रणमा लिएको छ ।
गत वर्षको भदौमा विमला वलीले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरिरहेको फोटो पोष्ट गरेकी थिइन् ।नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तर कुमार वलीको दु’र्घ’ट’नामा मृ’त्युपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् ।
नेकपा विभाजनपछि उनी एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लागेकी थिइन् ।एमालेले उनलाई का’रवा’ही गरी प्रदेशसभा सदस्यबाट निस्कासनको सूचना सभामुखलाई दिए पनि लुम्बिनीका सभामुखले उनलाई जोगाएपछि सर्वोच्च अदालतमा मु’द्दा वि’चाराधीन छ ।’ सम्पूर्ण खबर बाट