डम्बर बहादुर विश्वकर्मा,लेटाङ्ग ३ असार- उत्तरी मोरङ्गकै पुरानो विद्यालय मध्येको एक श्री शान्ति भगवती माध्यमिक विद्यालयले आज एक समारोहको आयोजना गरी शैक्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयको आफ्नै प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा शैक्षिक सत्र २०७८ मा कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्यन गरेका विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार वितरण गरिएको विद्यलयका माध्यमिक तह ईन्चार्ज होमनाथ पौडेलले जनाएका छन् । ईन्चार्ज पौडेलका अनुसार उक्त अवसरमा सोहि विद्यालयमा अध्ययनरत विज्ञान संकाय कक्षा ९/१० र कम्प्युटर ईन्जिनियरिङ संकाय कक्षा ९/१० का विद्यार्थीहरुलाई समेत शैक्षिक पुरस्कार वितरण गरिएको छ ।
उक्त अवसरमा शैक्षिक सत्र ०७८ भरि विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । आज वितरित शैक्षिक पुरस्कारका विधा मध्ये कक्षा प्रथम, द्वितीय र तृतीय साथै विद्यालय प्रथम रहेको छ । यसैगरी सोहि अवसरमा अनुशासन, उपस्थिति ,पोशाक, सरसफाई ,अतिरिक्त क्रियाकलाप लगायतका विधामा उत्कृष्टता हासिल गर्ने छात्र-छात्रा दुवैलाई पुरस्कृत गरिएको सहायक प्रधानाध्यापक सोमनाथ भट्टराईले जनाएका छन् । वितरित पुरस्कारहरु मध्ये विद्यलय प्रथमको पुरस्कार कक्षा २ का “कौशल चुडाल”लाई प्रदान गरिएको विद्यलय प्रधानध्यापक श्रीप्रसाद ढकाले वताएकाछन् । कौशलले शैक्षिक सत्र ०७८ को अन्तिम परिक्षामा ९८ प्रतिशत अंक ( GPA 4 ) प्राप्त गरेका थिए । उनि हाल अंग्रेजी माध्यमको कक्षा ३ मा अध्यनरत छन् ।
यस विद्यालयमा अंग्रेजी र नेपाली दुवै माध्यममा कक्षा १२ सम्म पढाई हुन्छ । नेपाली माध्यममा कक्षा ५ देखि १२ सम्म पढाई हुने गर्छ भने कम्प्युटर ईन्जिनियरिङ र विज्ञान संकायमा कक्षा ९ देखि १२ सम्म पढाई हुने विज्ञान संकायका ईन्चार्ज सन्तोष चौंलागाईंले वताएकाछन् । अंग्रेजी माध्यममा भने कक्षा नर्सरी देखि १२ सम्म पढाई सञ्चालनमा रहेको छ ।
कार्यक्रम विद्यालयका प्र.अ.को अध्यक्षतामा सञ्चालन भएको थियो भने शिक्षक होम पौडेल र ओम प्रकास प्रसाईंले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय