ललितपुर/ शान्ति शिक्षा अभियान नेपाल नामक गैरसरकारी संस्थाको भवन शिलान्यास गरिएको छ । ललितपुरको महालक्ष्मी नगपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले साेमबार भवनको शिलान्यास गरेका हुन् ।
महालक्ष्मी नगरपालिका-४ राधिका चोकस्थित संस्थाको नाममा मालपोतमा दर्ता रहेको सात आना क्षेत्रफलको जग्गामा भवन बनाउन शिलान्यास गरिएको हो । भवन तीन आनामा मात्रै हुनेछ । भवन साढे दुई तल्लाको हुनेछ ।
भवनलाई शान्ति शिक्षा अभियान नेपालको वहुउद्देश्यीय सिकाई केन्द्रको रुपमा विकास गर्ने योजना छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Sandesh Prawah । सम्पर्क | हाम्रो बारेमा | Privacy Policy
Design and Developed by: EnterSOFT