काठमाडौ । केहि म्यानपावर कम्पनीले कतार प्रहरीका नाममा विभिन्न व्यक्तिहरूसँग १५ लाख रुपैयाँसम्म उठाएपछि वैदेशिक रोजगार बिभाग एक्सनमा उत्रेको छ।बिभागले आज एक म्यानपावर कम्पनीमा छापा मार्दा कम्पनीको कार्य शंकास्पद देखिएको विभागले जनाएको छ ।
बिश्वकपका बेला आवश्यक सुरक्षाकालागि कतारले चारहजार नेपाली शुल्क नतिरी लैजाने भनेपनि कतार प्रहरीमा भर्नाको नाममा प्रतिव्यक्ति १५ लाख रुपैयाँसम्म लिएको गुनासो आएपछि वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।
विभागले अल ताक्वेत ओभरसिज नेपाल प्रालिको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो । सो ओभरसिजले कतार पठाउन १५ लाख रुपैयाँसम्म लिने गरी अन्तर्वार्ताको तयारी गरेको पत्रपत्रिकामा आएपछि छापा मारिएको विभागका निमित्त महानिर्देशक कृष्णप्रसाद भुसालले बताएका छन् ।
कतार पुलिसमा पठाउने भनी अन्तर्वार्ताको मितिसमेत तोकेको अवस्थामा विभिन्न सञ्चारमाध्यमहरूले सो विभागका निमित्त महानिर्देशक भुसालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘उक्त संस्थामा आकस्मिक अनुगमन गरी सोसम्बन्धी कागजात बरामद गरी अन्य आवश्यक अनुसन्धान भइरहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।