![](https://www.sandeshprawah.com/wp-content/uploads/2022/08/बचत-योजना.jpg)
मलेशियामा कुनै पनि बिदेशी कामदार लाई काम गर्न १० वर्ष सम्म अनुमति दिन्छ त्यसपछि त्यो कामदार को कम्पनीले थप अर्को ३ बर्ष खास पास को लागि आबेदन दिन सक्दछ । तर सामान्यता बिदेशी कामदार हरु त्यो अबिधि सकेपछि पनि आफ्नो देश फिर्ता जादैनन् ।
१० वर्षे अस्थायी कार्य पास (पीएलकेएस) सकिएपछि पनि स्वदेश नफर्किने समस्या समाधान गर्न सरकारले विदेशी कामदारका लागि बचत योजना ल्याउने योजना बनाएको हो ।
मानव संसाधन मन्त्री दातुक सेरी एम. सरावननले भने कि विदेशी कामदारहरू अभिदी सके पछि मलेशिया न छोड्ने वा उनीहरूको भिसा समाप्त भएपछि पनि आफ्नो देश फिर्ता न हुने मुख्य कारण उनीहरूको कमाएको बचत न भएको ले हो।
“त्यसैले यो बचत योजना लागू गर्न आवश्यक छ ताकि बिदेशी कामदार हरुसँग बचत होस् र सो बचत लिन आफ्नो देश फिर्ता हुनु नै पर्ने यदि उनीहरूले आफ्नो बचत दाबी गर्न घर गएन भने त्यो बचत जफत गरिन्छ ।
यो योजना लागु भए पछि कोइ बिदेशी कामदार यदि करार अबिधि सकेर घर फिर्ता गएन भने त्यो बचत जफत हुने छ । कामदार ले कमाएको मासिक तलब बाट केहि हिस्सा मलेशिया सरकारले जम्मा गर्ने छन् र अबिधि सकेर घर गए पछि त्यो बचत रकम उक्त बिदेशी कामदार ले आफ्नो देशमा गए पछि बल्ल मलेशिया सरकार ले रकम पठाउने छ ।