मलेसिया । नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले नेपाली दूतावास संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
हालै सम्पन्न ५ औं अधिवेशनबाट चयन भएका अध्यक्ष विपिन राई लगायत नयाँ कार्यसमितिका पदाधिकारीहरुले मलेसिया स्थित नेपाली दुताबासको कार्यालयमा एक विशेष भेटघाट एवं परिचयात्मक कार्यक्रम सम्पन गरेका हो ।

सो अवसरमा अध्यक्ष राइले महासंघका गतिविधि र आगामी कार्यक्रमवारे छलफल गर्दै मलेसियामा रहेका नेपाली समुदायको व्यवस्थापनमा खेल्नुभएको भुमीका र प्रवासी नेपालीभाषी एकहुनुपर्नेमा जोड दिंदै सो का लागी आफुहरूले संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रीय मंचमा आवाज वुलन्द पार्न आगामी दिनमा एक विशेष अभियानकासाथ लागीपर्ने बताउनुभयो ।
भेटघाट एवं छलफल कार्यक्रममा, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष विपिन राई, वरिष्ठ उपाध्यक्ष पदमराज लिम्बू, सचिव इश्वर राई, सल्लाहकार एवम् समाजसेवी इन्द्रनारायण लिम्बू, र सदस्यीयहरु रामकुमार चाम्लिङ राई, यज्ञ कुमार राई, लगायतका उपस्थित रहेको थियो ।

यसैगरी दुताबास नेपालीको लागि मलेसियाका कार्यबाहक राजदुत मोती बहादुर श्रीसले माहासंघले गरेको कार्य र कृयाशीलता सारा विश्वले नियालीरहेको र एक गर्व गर्नलायक भएकोमा आफु हर्षविभोर भएको कुरा प्रष्ट पार्दै नेपालको शीर उच्च राख्न प्रवासमा रहेका नेपालीहरू लागीपरेको र आगामी दिनमा सबैनेपालीभाषीहरू एक भै नेपाललाई चिनाउन लागिपर्नेमा जोड दिदै नयाँ कार्यसमितिका पदाधिकारी हरुलाई बधाई तथा शुभकामना दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय