अहिलेको मुलुकी अपराध संहिताअनुसार जबर्जस्ती करणीका मुद्दामा महिला वा बालिका मात्र पीडित हुन सक्छन् । नेपालको कानुनमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा नै ‘जबर्जस्ती करणी मात्र यस्तो फौजदारी अपराध हो, जसको पीडित पुरुष हुन सक्दैन’ भन्ने मान्यता स्थापित थियो र छ । धेरै देश अझै पनि ‘पुरुष पनि बलात्कारका पीडित हुन सक्छन्’ वा ‘महिलाले पनि बलात्कार गर्न सक्छन्’ भनेर मान्न तयार छैनन् ।

कैयौं पुरुषहरु महिलाहरुबाट पनि बलात्कारको सिकार हुने गरेको पाइन्छ । तर , पुरुष पीडित हुँदा हुँदै पनि अहिले सम्म मुलुकी अपराध संहिता २०७४ मा पुरुष बलात्कार भएमा कानुनी उपचार के के बनेको छ ??

सबै कुरामा महिला र पुरुष समान हो भन्ने गरेको र नारा लगाएको पाइन्छ , समानताको हक भनि नेपालको संविधानमा उल्लेख गरेको कुरा व्यवहारिक रूपले लागु चाहिँ कहिले हुने हो ?

फितलो कानुन र अवैधानिक विधेयक तथा एनको गलत प्रयोगले कतै देश दुर्घटना तिर गइरहेको त छैन ?

एकचोटि हामी सबैले बिचार गर्नै पर्ने समय आएको छ ।।

कृश अर्याल

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय