क्वालालम्पुर /मलेसिया
नेपाल तामाङ्ग घेदुङ मलेसिया शाखाले आउदो जनवरी २२ तामाङ समुदायको महान राष्ट्रिय पर्व मन्जुश्री संवत् २८५९ औँ ह्योयी/तावर ल्हो(बिरालो वर्ग)सोनाम ल्होछारको अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम गर्दै सोनाम ल्होछार मनाउने भएको छ। राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कन्टिनेन्टलमा सम्पन्न हुने उक्त कार्यक्रम बिहानको ९ बजे देखि सुरु हुनेछ।
नेपाली राजदुतावास मलेसियाको प्रमुख आतिथ्यता रहने उक्त कार्यक्रममा विभिन्न संघ संस्था, व्यवसायी ,बुद्धिजीवी र पत्रकारहरुको उपस्थिति रहने छ।
” विश्व भरि छरिएका तामाङ्ग एक हौं,सोनाम ल्होसार २८५९ लाई सफल पारौं ” नाराका साथ मनाउन लागिएको कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकार साथै स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ।
कार्यक्रममा गायक/संगितकार उर्गेन दोङ,सेलो गायिका सुमिना लो,म्हेन्दोमाया गायक आशिष गोङ्बो यसैगरि मोडेल यांगी दोङ,सुनिता दोङको बेजोड प्रस्तुति संगै स्थानीय कलाकार सुमित स्याङ्तान ,सबिना लोप्चान , साइलि थीङ, युनिक योन्जान ,दिपाक थीङ,मानु स्याङ्तान नृत्य रहने आयोजकले बताएको छ
कार्यक्रमको सम्पुर्ण तयारी पूरा भई सकेको नेपाल तामाङ घेदुङ प्रवास शाखा प्रमुख सल्लाहकार जगत दोङ तामाङले जानकारी दिएका छन्।