काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सहमतिमै राष्ट्रपति चयन होस भन्ने चाहेको बताएका छन् ।

सभामुखको निर्वाचन सम्पन्न भएपछि प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा बिहीबार प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सहमतिमै चयन होस भन्ने आफुले चाहेको बताए ।

उनले सभामुख र उपसभामुखमा निर्वाचन हुने अवस्था भए पनि राष्ट्रपति र उपराष्ट्रपतिमा भने सहमतिको खोजी भइरहेको बताए ।उनले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल भइरहेको छ । सत्ता साझेदार दल र मैले पनि एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस हो । हामी प्रयास गरिरहेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय