आजकाल यो सहर फिक्का हुदै छ
लामा जट्टा फ़िजाउदै ,
आफ्नै संसारमा रम्दै ,
हो , मलाई पागल बन्न मन छ।

न त प्रेमिकाको याद
न त केहि चीजको चिन्ता
बौलाहा जसरि बेस्सरी हास्दै ,
रम्दै हो ,मलाई पागल बन्न मन छ।

रक्सीको एक चुस्की ,
चुरोटको धुवाको बादलमा
उड्दै , बिना केहि कुराको तनाव ,
हो , मलाई पागल बन्न मन छ।

सडकमा नराम्रालाई मुक्का ,
राम्रालाई फूल माला ,
बलात्कारी , भ्रष्टाचारीलाई जुत्ताको
मालाले सम्मान गर्दै
हो , मलाई पागल बन्न मन छ।

दिन र रात नभनी
पागल सरि आफ्नो सपनाको
महलमा जान्न नभनी
दिनरात त्यसकै लागि
मेहेनत गर्दै
हो , मलाई पागल बन्न मन छ।

आफूभित्रको पिडा भुलाई
पागल सरि चिच्याउन ,
लडिबुडीका साथ रुदै
हो , मलाई पागल बन्न मन छ।।
कृश अर्याल ” जिज्ञासु ”
(Student at BBMLLB , KATHMANDU UNIVERSITY SCHOOL OF LAW )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय