मलेसिया– नेपाली दुतावास मलेसिया तथा मलेसियामा कृयाशिल नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा मे ४ तारीख भब्यरुपमा बुद्ध जयन्ती मनाउने भएकोछ ।
नेपाली दुतावास मलेसियामको सभाहलमा अप्रिल १३ तारीख सम्पन्न बैठकबाट महामहिम राजदुत डिल्ली राज पौडेलको अध्यक्षतामा मुल आयोजक समिति गठन गरिएको छ ।
साथै ब्यवस्थापन समितिको संयोजक गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापा, अर्थ ब्यबस्थापन समितिका संयोजक मलेसियाका लागि पर्यटन सद्भावदूत नेत्र (नन्द) केसी, पुजा ब्यवस्थापन समितिको संयोजक नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपन राई, स्वयंसेवक समितिका संयोजक गैरआवासीय नेपाली संघ मलेसियाका उपाध्यक्ष हेमराज साप्कोटा, संकृतिक तथा कलाकार ब्यवस्थापन समितिका संयोजक ईश्वर राई र प्रचारप्रसार समितिका संयोजक आरएन (घनश्याम) चौधरी चयन भएकोछ ।
अर्थ ब्यवस्थापन समिति संयोजक नेत्र (नन्द) केसी साथै सदस्य इन्द्र नारायण लिम्बू, योगेन्द्र कुवर, शेर बहादुर गुरुङ, बिपिन राई र दिल कुमार केरुङ रहेकाछन । अन्य समितिहरुको पुर्णताकोलागी सम्बन्धित समितिका संयोजकहरुलाई जिम्मेवारी दिइएको नेपाली दुतावास मलेसियाका उपनियोग प्रमुख मोति बहादुर श्रीष मगरले बताउनु भयो ।
बैठकमा भगवान बुद्धका बारेमा सत्य संदेश विश्व भर पुय्राउने र नेपालको पर्यटन प्रबर्द्धन गर्ने सुवर्ण अवरस भएकाले मलेसियामा रहेका सम्पूर्ण कृयाशिल संघ संगठन , ब्यवसायीहरु र सम्पुर्ण नेपालीहरुलाई साथ, सहयोग र सक्रियताको लागि राजदुत डिल्ली राज पौडेलले आग्रह गर्नुभएका थियो ।
यस २५६७औं बुद्ध जयन्ती नवितम र सृजनात्मक तवरले मनाउन तयारी भएकोछ । मलेसियामा रहेका सम्पुर्ण देशका राजदुतवास तथा बौद्ध धर्मालम्वीहरुलाई निमन्त्रणा गरि भगवान बुद्ध सम्बन्धि बृहत जानकारीमुलक कार्यक्रम आयोजना हुने भएको छ । मे ४ बिहान नेपाली दुतावास मलेसियाबाट “प्रभात फेरी” य्राली सहित सभाहलमा प्रवेश गर्ने, औपचारीक कार्यक्रम समापन पश्चात मलेसियाको बौद्ध विहार त्रिरत्न द्वारा आयोजीत बृहत य्रालीमा सहभागी हुने कार्यक्रम तय भएकोछ ।
यस कार्यक्रम नेपाल र सम्पूर्ण नेपालीहरुको भएकोले उक्त दिन अनुसाशीत र उत्साहजनक सहभागीकोलागी राजदुत पौडेलले आग्रह गर्नु भयो ।