काठमाण्डौ- गैर आवासीय नेपाली संघ मलेसियाले पुर्बकोषाध्यक्ष कृष्ण प्रसाद नेपालले महासचिव पदका लागि दिएको उम्मेदवारी रद्ध भएको छ। नेपालको उम्मेदवारी बिबादास्पद भए सङै संघले अर्का २ जनाको नाम महासचिवका लागि अन्तिम नामावली प्रकाशित गरेको निर्वाचन समितीले सुचना जारी गरेको हो।

यस अघि २ कार्यकाल कोषाध्यक्ष समेत रहेका कृष्णले आफ्नो भिसाको कारण उम्मेदवार रद्द गरिदिने वा उम्मेदवारी फिर्ता लिन दिएको अल्टिमेटमलाई मध्यनजर गर्दै सहमतिका लागि उम्मेदवारी फिर्ता लिएका थिए। भिसा प्रोसेसिङ्ग भइरहेको बेला उम्मेदवारी दर्ता गर्दा भिसाकै फोटोकपी चाहिने निर्वाचन समितिले अडान लिएपछि बिबाद सतहमा आएको थियो। भिसाकै कारण मात्र उम्मेदवारी रद्ध वा फिर्ता लिनुपर्ने कारण प्रसस्त नहुने नेपालको दाबी छ। फर्जी निवेदनको आधारमा आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन समितिले दबाबमा पारेकोले उम्मेदवारी फिर्ता लिएका नेपाल अन्ततःआउट भइसकेका छन।

संघको पछिल्लो निर्णय अनुसार आगामी २०२३-२५ कार्यसमितिका महासचिवमा बिमल कुमार राना र टेक बहादुर अधिकारीको नाम प्रकाशीत गरेको छ। महासचिवका लागि निर्वाचन हुने देखिएको छ।अर्का महासचिवका प्रत्याशी कृष्ण प्रसाद नेपाललाई किक आउट गरिएको प्रती नेपालले निर्वाचन समितिको निर्णय माथी पनि शंका रहेको बताए। समितिले निष्पक्ष रुपमा निर्णय नगरी आफ्नालाई अगाडि सार्न आफू माथी पक्षपात गरेको आरोप नेपालेले लगाए।

पुरानो नेतृत्व दोहोरिने सम्भावना भइरहदा नयाँ नेतृत्वको बेवास्ता गरेको निर्वाचन समिती माथी नेपालको आरोप छ। सस्थागत निर्णय कुनै एकजनाको हितका लागि मात्र नभएर स्वतन्त्र, निस्पक्ष र पार्दर्शी हुनुपर्नेमा उनको जोड छ। हामिले हाम्रो अडानलाई यथावत राख्दा सम्म हाम्रो बिरोध सम्बन्धि निर्वाचन समितीले बेवास्ता गर्नु र सहमतिको बिकल्प नखोज्नु भनेको हाम्रोलागी संघमा बाटो बन्द गर्नु हो। “उनले भने”।

यसैगरि एन.आर.एन मलेसियाले श्रमिक शेल्टर स्थापना गरे देखि सेल्टरमा के कति श्रमिकको उद्दार भए? कती आए गए? त्यसको कुनै जानकारी महासचिव र कोषाध्यक्षलाई नदिएको भन्दै बिरोध जनाएका नेपाल कतै महासचिवको उम्मेदवारीबाट आउट गर्ने बिपक्षीलाई मसला बनेको त हैन? भन्ने जनचासो समेत रहेको छ।

पुर्ब अध्यक्ष बिनोद थापा सेक्युरिटी कम्पनिका आफै मालिक हुन। कतै श्रमिक सेल्टरको नाममा आफ्नै कम्पनीका मान्छे ल्याउने लाने गरेको पनि हुनसक्छ। उनकै कम्पनीका मान्छे भए पनि ब्यक्तिगत रुपमा खाना त दिए होला तर बश्नको लागि त त्यही सेल्टरमा राखे होलान नी? सेल्टरमा श्रमीकको उद्दार गरेको भए नेपाली राजदुतावासले दिएको सिफारिस समेत छैन।यस्ता साझा बिषय र सरोकारको मामिलामा किन कुनै बिल, भौचर, हामिलाई बुझाएनन? यसकारण बिनोद माथी हाम्रो शंका र प्रश्न हो।”नेपालले भने”।

यस्तै उनले बिनोद थापाका टिम र उपाध्यक्षका उम्मेदवार हेमराज सापकोटालाई पनी प्रश्न गरेका छन। भिसा प्रोसेसिङमै भको कारण मेरो उम्मेदवारी फिर्ता गर्न लाईयो तर बर्षौ देखि मलेसियाको अदालतले पासपोर्ट कब्जा गरेर मदिरा सेवन गरी जथाभाबी सवारी साधन चलाएर मलेसियाको कानुन उल्लङ्घन गरेको अभियोगमा मुद्दा चलाइएका र मासिक अदालतमा हाजिर हुनुपर्ने ब्यक्ती उपाध्यक्ष पदका लागि कसरी योग्य भए? यो बिषयमा किन निर्वाचन समितिले छानबिन गरेन? मलाई निर्वाचन समितिको कार्यसैली माथीनै शंका लागेको छ। “उनले भने।”

कम्जोरलाई चौतर्फी घेरा हानेर सहमतिको बाटो नखोजी एकतर्फी निर्णय गर्नु एन.आर.एन जस्तो सामाजिक सस्थाको छवि रहेको सस्था माथी बिनोद थापा र निर्वाचन समितिले एकलौटी कब्जा गरेको नेपालको आरोप छ।

यता उपाध्यक्षका उम्मेदवार हेमराज सपकोटा सङ यसबारे बुझ्दा पासपोर्ट साथमा लिएर नहिड्दा ५ महिना अघि सामान्य प्रहरीले सोधपुछ गर्न दुई दीन प्रहरीले नियन्त्रणमा राखेको र सोधपुछ पछी छाडेको बताए। साथिहरु सङ भेट्दा बस्दा सामन्य रुपमा खाइयो होला,पिईयो होला तर पिएर सवरी नचलाउनु पर्थ्यो त्यही गलती भयो उनले भने।

तर कुनै अपराधनै गरे जस्तो गरि मेरो खेदो खन्न त भएन नी। साथिभाई भेट्दा कुनै विशेष समारोहमा खाइन्छ नखाने को छ भनेर प्रश्न गर्नु भयो? यस्तो सामन्य कुरालाई सतहमा ल्याउनुपर्ने कुनै कारण छैन।

मेरो व्यक्तिगत बिषयलाई सतहमा ल्याएर मेरो चरित्र हत्या गर्ने काम भयो।कसले के खान्छ कस्तो लाउछ के गर्छ भनेर व्यक्तिगत बिषयलाई खोताल्नुपर्छ भन्ने लाग्दैन ।मलेसियाको अदालतले पासपोर्ट कब्जामा राखेको भन्ने बिषय निरधार हो । मलाई बदनाम गर्न र मेरो उम्मेदवारीमा असर गरोस भन्ने प्रायोजनले प्रयोगमा ल्याईएको अस्त्र मात्र हो। म मलेसियामा बैधानिक छु,भिसा छ पासपोर्ट साथमै छ। बर्षौ देखी अदालतमा पासपोर्ट राखेको भए मलाई यतिबेला सम्म मलेसियाको ईमिग्रेसनले डिपोट गरि सक्थ्यो होला नी? “उनले थपे।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय