प्रिया राना
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद आइसिसिको आगामी २०२३-२५ को कार्यकालका लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका पुर्व अध्यक्ष बुद्दी सागर सुवेदीले महासचिव पदमा उमेद्धवारीको घोषणा गरेका छन् । स्याङ्जामा जन्मेर अमेरिकालाई कार्यक्षेत्र बनाएका सुवेदी सफल ब्यावसायी र समाजसेविका रुपमा आफुलाई बिश्वभरिका नेपाली सामु चिनाउन सफल सुवेदी विगत दुई दशकदेखि अमेरिकालाई आफ्नो कर्मभूमि बनाउँदै आएका छन् । सन २००३ मा अमेरिका जानु अघि पनि विभिन्न कलेजमा अध्यापन पेशामा सक्रिय सुवेदी विद्यार्थी जीवनदेखि नै सामाजिक कार्यमा अग्रसर हुदै अमेरिका पुगेपछि पनि एनआरएनए अभियानमा लागेर आफ्नो ब्यावसायसँगै सक्रिय रुपमा सामाजिक सेवा गर्दै आएका छन् ।
आफ्नो कठिन परिश्रम र मिहिनेत साथै परिवारको उत्तिकै सहयोग र साथले गर्दा अहिले उनी युएसका सफल ब्यावसायीको रूपमा स्थापित भैसकेका छन् । हाल उनले अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिसकेका छन् । सुवेदीले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डम लगाएतका होटल र सुपरमार्केटहरु संचालन गरिरहेका छन् भने नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन् । सुवेदीले भर्खरै भैरहवामा रहेको पाचँ तारे टाइगर प्यालेस रिसोर्ट समेत खरिद गरेका छन् । पछिल्लो समय सबैको माझ लोकप्रिय, हसिला र सरल स्वभावका सुबेदी सस्थागत बिकास र एनआरएनएमा सबैको अपनत्व बोधको लागि यस पटक आफू महासचिव पदमा उमेद्धवारी दिने अन्तिम तयारीमा रहेको बताएका हुन् ।
उनले संस्थालाई आमुल परिवर्तन गर्नको लागी आवश्यक पद्धति र आर्थिक पारदर्शीता सहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न र वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरु र सरकारसँग आवश्यक संवाद मार्फत कार्यान्वयन गर्न, महिला, युवा लगाएत दोश्रो पुस्ता र श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्न, सबैलाई एनआरएनएमा सहभागिताको सुनिश्चितता गराउन साथै नेपाली कला संस्कृति, संस्कार अनि परम्परालाई नेपाली डायस्पोरामा पुर्याउन, गैर आवासीय नेपाली संघले सञ्चालन गरेको परियोजना र गतिविधिहरुको पारदर्शितारूपमा सुरुवात गर्दै सचिवालय सञ्चालन गर्ने र अनावश्यक आर्थिक चलखेल र अनियमितालाई रोक्ने र नियन्त्रणको निम्ति पारदर्शीरुपमा सार्वजनिक गर्न, अनावश्यक कर्मचारी समेत कटौती गर्न आफ्नो उमेद्धवारी रहेको बताए ।
गैर आवासीय नेपाली संघको पंजीकृत सदस्य र राष्ट्रिय समन्वय परिषदहरु स्वाधीनता र स्वतन्त्रतामा हस्तक्षेप नगरी समन्वयकारी भूमिका निर्वाह गरेर विधानको पूर्ण कार्यान्वयनका लागी आफू र आफू नेतृत्वको टिम पूर्ण प्रतिबद्ध हुँदै संघलाई एनआरएनको मन मस्तिष्क सँग जोड्ने संस्था बनाउने आफ्नो मुख्य लक्ष्य रहेको सुवेदीले नेपाल युनिटीलाई बताए साथै उनले महासचिब पदमा बर्ष २०२३-२०२५ मा अमुल्य मत दिई बिजयी गराई दिन सम्पुर्ण गैरआवासिय नेपाली संघमा आबद्ध नेपालीहरुलाई आग्रह समेत गरेका छन् ।