![](https://www.sandeshprawah.com/wp-content/uploads/2023/11/nepse.jpg)
०७ मंसिर, काठमाडौँ । नेप्से परिसूचक ९.८७ अंकले बढेको छ । बिहीबार शून्य दशमलव ५३ प्रतिशतले बढेको नेप्से परिसूचक १८६०.२० अंकमा कायम भएको छ । सेयर बजार बढ्दा १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बिहीबार ४४ लाख २० हजार ५१८ पटक खरिदबिक्री भएको हो । बुधबार १ अर्ब ८ करोढ ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । कुल १८१ कम्पनीको मूल्य बढ्दा ६७ कम्पनीको घट्यो भने १० को स्थिर रह्यो । बैकिङ उपसमूह, लघुवित्त र अन्य उपसमूह घटे ।
जीवन बिमा उपसमूह ३.३७, निर्जिवन बिमा १.८७, विकास बैंक १.७५, हाइड्रोपावर १ प्रतिशतले बढेको छ । मूल्यको आधारमा सबैभन्दा धेरै बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य ९.९ प्रतिशतले बढ्यो । थ्री स्टार ८.५, सिक्लेस हाइड्रोपावरको ८.५ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स प्रतिशतले मूल्य बढ्यो ।