त्रिभुवन विश्वविद्यालय अन्तगर्त कानुन विषयको अग्रणी, नेपाल क्याम्पसमा यस वर्ष हल्ट प्राइजको तेस्रो संस्करण सुरु हुने भएको छ । हल्ट प्राइज विश्वव्यापीरुपमा हल्ट फाउण्डेसेनद्वारा संचालित एक प्रतियोगिता हो जसमा प्रतियोगीहरुले आफ्ना व्यापारिक आइडियाहरुलाई प्रस्तुत गर्दै अर्थात पिच गरेर एक मिलियन डलर जित्न सक्ने छन्।
नेपाल ल क्याम्पसमा भने यस वर्ष अनुष्का देवकोटाले क्याम्पस निर्देशकको भुमिका निभाउने छिन् ।उनकै निर्देशनमा रहेको क्याम्पस आयोजक कमिटीले प्री इभेण्टका रुपमा “Warmth For Happiness” कपडा दान तथा वितरण कार्यक्रमलाई समापन गरेको छ ।सो कपडा दान तथा वितरण कार्यक्रम नेपाल स्नेही काख र क्लोथ बैंकमा वितरण गरिएको छ।

नेपाल स्नेही काख सबै वर्गका महिला, बालबालिका र जेष्ठ नागरिक लगायतका दयनीय अवस्थामा जन्मेर हुर्केकाहरुको मायालु हेरचाह गर्ने उद्देश्यले स्थापित सस्था हो ।

नेपाल ल क्याम्पसमा हल्ट प्राइजको परिचयात्मक कार्यक्रम पनि चाडै हुने जानकारी देवकोटाजीले दिएकी छिन् । यस वर्ष दिगो विकास लक्ष्यमा आधारित भई जुनै विधामा पनि आइडिया पिच गर्न सकिने भएकाले, उनले प्रतियोगीहरु पनि बढ्ने आकलन गरेकी छिन् ।

हल्ट प्राइज एट नेपाल ल क्याम्पसले यस वर्ष नेसनल ल क्याम्पससँग समन्वय गर्नेछ । नेपाल ल क्याम्पसका यस अघिका संस्करणका प्रतियोगी ग्लोबल एक्सिलेटरसम्म पुगेका थिए ।

 

प्री इभेण्टका रुपमा “Warmth For Happiness” कपडा दान तथा वितरण कार्यक्रमका केहि झलकहरु:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय