लेटाङ,७ माघ- सहिद स्मृति प्रतिष्ठान लेटाङ्गले सहिदहरुको सम्मान गर्दै आफुहरुले स्थापना गरेको ठाउमा यथास्थितिमा सहिद क.हरि भट्टराई (परिवर्तन) को प्रतिमा राख्न गरेको माग पूरा नभएपछी आन्दोलन सुरु भएको छ ।नगरपालिकाको कदम नसच्चिए पुन आन्दोलन चर्काउने र थप सशक्त बनाउने बताएको छ । आज आइतबार सहिद परिवार सहित प्रतिष्ठानका पदाधिकारीहरुले नाराबाजी सहित नगर प्रमुख बिरुद्ध प्रदर्शन गरेका छन् ।
आन्दोलन शान्तिपूर्ण भएपनि सुरक्षाकर्मीको घेरा तोड्न अगाडी बढ्दा धक्कामुक्की र सामान्य रुपमा तोडफोड समेत भएको प्रत्यक्षदर्शीले बताएका छन । यस संगै पुन आफ्ना माग पुरा नभए नगर प्रमुखले आफ्नो कमजोरी नसच्याए आन्दोलन थप चर्किने प्रतिष्ठानले जनाएको छ।
कोण सभालाई सम्बोधन गर्दै घाइते अपांग महासंघका केन्द्रिय उपाध्यक्ष राम कार्कीले भने “सहिद कसैको पेवा हैन कुनै पार्टीको हैन समग्र रास्ट्रको सम्पति हो । राज्यले राजपत्रमा समेत सुचिकृत गरिसकेको कुरालाई स्थानीय सरकार प्रमुखले नकार्न मिल्दैन ।यो संबिधान बिरोधि कार्य हो ।
यसैगरी प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद लम्साल र सल्लाहकार प्रेम मिभकले देशका सबै सहिदको शिर निहुरिने काम नगर प्रमुखबाटनै शुरु भएको बताए । मेयरले स्थानीय सरकार प्रमुखको भूमिका देखि आफु बिचलित भएर सहिदहरुको अपमान गर्न नहुने र सकेसम्म बार्ता र सबाद गरि यो समस्याको तत्काल हल गर्न सुझाब दिएका छन् । प्राप्त जानकारी अनुसार हाल नगरपालिकाको पहलमा सर्बदलीय बैठक बोलाईएको छ । बैठकको मुख्य एजेन्डा सहिद स्मृति प्रतिष्ठान बिबाद बारे हुने बुझिएको छ।