आजकल म पहिलेकै हास्ने , हरेक पलमा रमाउने,  कोहि दुखी पर्दा आफ्ना मिठा , ख्याल ठट्टाले खुशी पार्ने व्यक्तिको खोजिमा छु।

पहिले ऊ सबैसंग बोल्थ्यो , कोहि अपरिचित व्यक्तिसंग नि बोल्न पछि हट्दैन थियो। ठुला ठुला भीडमा आफ्ना विचारहरु जोडदारका साथ प्रस्तुत गर्थ्यो।

तर , अहिले ऊ आफ्नासंग समय बिताउन भन्दा पनि एक्लै कतै एकान्तमा बस्न रुचाउछ।

अरुलाई आफ्नै स्वदेशमा केहि सीप सिकेर , यहि उद्यम व्यवसाय गरि देश विकास गर्नुपर्छ भन्ने ऊ आज स्वयम् हातमा पासपोर्ट बोकी परदेशीन आटेको छ।

मनमा आमाबुवा , परिवार र साथीभाईको मिठो सम्झनाका साथ भक्कानिदै सबैको आँखाको नानीबाट टाढा हुन ऊ आखिर किन खोज्दै छ ?

आखिर कसैलाई आफूभन्दा बढी माया गर्ने व्यक्ति , मायाको परिभाषाको उदाहरण दिन सक्ने अचानक कसरी माया शब्दलाई घृणा गर्दै यो बाट टाढा हुदै गयो ?

आफ्नो जीवन र भविष्यबारे सोच्ने , ऊ आखिर आज किन यता उता भौतारिदै छ ?

देशलाई बदल्न आफैबाट सूरु गर्नुपर्छ भन्ने व्यक्ति , आखिर कता हरायो , केमा अलमलियो ?

फेरी पनि म त्यहि व्यक्तिको खोजीमा छु। कसैले देख्नुभयो भने उसलाई आफ्नो गन्तव्यतिर देखाउदै प्रेरित गर्नुहोला।
क्रिश अर्याल ” जिज्ञासु “

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय