मलेसिया – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज मलेसियाको २५ जनवरी २०२४ मा सम्पन्न अधिवेशन पश्चात् फोनिज मलेसिया अध्यक्ष अर्पण मगरको अध्यक्षतामा १८ फेब्रुअरी २०२४ मा भएको पहिलो बैठक बाट संरक्षक बिपिन राई सहित ४ जना सल्लाहकारहरु मनोनीत भएका छन।

त्यस्तै मनोनीत सल्लाहकारहरुमा जीवन देवान गाउँले,पासाङ तामाङ,सुन्दर आले मगर,दिल कुमार केरुङ रहेको छ भने त्यस बैठक बाट फोनिज कर्मी फोनिज पाँचथरका संस्थापक अध्यक्ष कविन्द्र सेर्मा लाई रु २० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

त्यस्तै उक्त बैठक बाट ८ बुदे कार्यविधि पारित गर्दै बैठक सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय