लेटाङ, पुस-२१ लेटाङ नगरपालिका वडा नम्ब-४ का वडा अध्यक्ष राम कुमार श्रेष्ठ र बिधालय व्यावस्थापन समिति सदस्य अरुण पौडेल (राजन) ले शान्ती भगवती माध्यमिक बिधालयको प्राबिधिक धारमा कार्यरत शिक्षक बिजय सहनिलाई कुटपिट गरेका छन।

बिधालयले आयोजना गरेको बनभोज कार्यक्रम बेतेनि सिमसार उर्लाबारीमा पुष १५ गते अभद्र गाली गलौज गरि भौतिक हमला गरिएको प्रती नेपाल सिक्षक संघ लेटाङ नगर कार्यसमितिले गम्भीर आपत्ति प्रकट गर्दै बिज्ञप्ती सार्वजनिक गरेको छ।

बिधालय व्यावस्थापन समितिका अध्यक्ष समेत रहेका अध्यक्ष श्रेष्ठले देखाएको व्याबहारको महासंघले निन्दा  गर्दै हदैसम्मको कारवाही गर्न माग गरेको छ। यस अघि पनि बिधालय व्यावस्थापन समितीका अध्यक्षले सोही बिधालयमा कार्यरत रहेका अर्का सिक्षक माथी पनि सोही खालको व्याबहार गरेर सार्बजनिक गर्नको साटो सरक्षण गरेर गोप्य राखिएको प्रती खेद प्रकट गरिएको संघका सचिव नीर प्रसाद पाण्डे र अध्यक्ष   फम कुमार मगर द्वारा हस्ताक्षरित जारी बिज्ञप्तीमा उल्लेख गरेको छ।

त्रासदीपुर्ण वातावरण र डराएको मानसिकता बोकेर कक्षा कोठामा असुरक्षित महसुस गर्दै सिक्षण पेसा सम्भब नहुने बताउदै दोषी माथी सत्यतथ्य छानबिन गरि आवस्यक कारबाही नभए सिक्षक संघले आन्दोलन द्वारा न्याय खोजिने समेत चेतावनी दिएको छ। सत्यतथ्य छानबिन गरि कानुनी उपचार नखोजिए आन्दोलनबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं पिडक हुनपर्ने समेत चेतावनी दिएको हो।

सो घट्नाको छानबिन तथा न्याय निरुपणका लागि लेटाङ नगरपालिका अन्तर्गत सिक्षा साखा प्रमुख, प्रसासकिय अधिकृत नारायण प्रसाद न्यौपाने र नगर प्रमुख भुपेन्द्र कुमार लावतीलाई समेत ध्यानाकर्षण पत्र बुझाईएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय