मोरङ, पुष-२७।  किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुनेभएको छ । शनिबार मोरङको पथरीशनिश्चरे स्थित  किरात याक्थुङ चुम्लुङ मोरङ जिल्ला कार्यालयमा बसेको पूर्ण बैठकले अधिवेशनको मिति तय गरेको हो ।

लिम्बुवान प्रदेश समिति अध्यक्ष मधुराज केरुङको अध्यक्षतामा बसको बैठकले माघ २९ र ३० गते अधिवेशन गर्ने निर्णय गरेको छ । प्रदेश अधिवेशन अघि प्रदेश मातहतका सबै जिल्ला समितिको अधिवेशनहरु सम्पन्न गरिसक्ने मुख्यसचिव नरेन्द्रराज केरुङ्ले बताएका हुन्। हालसम्म पाँचथर, झापा र संखुवासभाको जिल्ला अधिवेशन सम्पन्न भईसकेको र अन्य जिल्लाहरुमा पनि माघको २७ गतेभित्र सम्पन्न गरिसक्ने बताएका छन् ।

शनिबार बसेको समितिको बैठकले आर्थिक समिति, प्रचारप्रसार समिति, खाना तथा आवास उपसमिति, मञ्च व्यवस्थापन समिति, प्रतिनिधि तथा पर्यवेक्षक समिति, सांस्कृतिक तथा सांगीतिक समिति लगायत विभागीय जिम्मेवारी सहितको उपसमितिहरु गठन गरिएको छ।

विन्द्र नाल्बोको संयोजकत्वमा बनेको आर्थिक समितिमा सदस्यहरु दिलु लिङदेन लावती, कविन्द्र सेर्मा, दिलु सुब्बा र गीता खजुम रहेका छन् । यसैगरी प्रतिनिधि तथा पर्यवेक्षक व्यवस्थापन समितिमा संयोजक नरेन्द्रराज केरुङ त्यसैगरी सदस्यहरुमा मौसम माखिम र प्रेम तुम्बाहाङ रहेका छन् ।

त्यस्तैगरी प्रचारप्रसार समितिको संयोजकमा दिल कुमार लावती, सदस्यहरुमा सन्देश सुब्बा,सेन्लप र अर्जुन लिम्बु रहेका छन् भने खाना तथा आवास व्यवस्थापनमा कियाचू मोरङ जिल्ला अध्यक्ष डिबी कुरुम्बाङ, उपाध्यक्ष कुलबहादुर हाङस्रोङ र पथरीशनिश्चरे अध्यक्ष विक्रम पङयाङगो रहेका छन् ।

यस्तै केलाङ नृत्य तथा विभिन्न जातीय झाँकी व्यवस्थापनका लागि अर्जुन लिम्बुको संयोजकत्वमा डम्बर कुरुम्बाङ र विक्रम पङयाङगु सदस्य त्यसैगरी कलाकार गायक तथा गायिका व्यवस्थानमा जितेन पन्धाक, मनकुमारी पन्धाक र सन्देश निङलेकुलाई जिम्मेवारी दिइएको छ ।

करिब चार लाख खर्च हुने अनुमानित प्रदेश अधिवेशनलाई सभ्य र भव्य बनाउन झापा, मोरङ र सुनसरीबाट बृहत रुपमा जानसहभागीता गराउने मुख्य सचिव केरुङले बताए । साथै कार्यक्रममा किरात याक्थुङ चुम्लुङ लाई बिभिन्न क्षेत्रमा योगदान पुराउने जिल्ला समितिहरुलाई  धन्यवादपत्रले सम्मान गर्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय